काठमाडौँ – नेकपा एमाले बिद्रोही पक्षको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीबाट आफूहरुमाथि भएको कारवाही फिर्ता नभएसम्म पार्टी एकताका लागि औपचारिक वार्ता अघि नबढ्ने अडान स्पष्टरुपमा लिएको छ।
यही जेठ १९ र २० गते बसेको यो पक्षको भर्चुअल केन्द्रीय कमिटी बैठकमा यो निष्कर्ष निकाल्दै विज्ञप्तिमार्फत १२ बुँदे प्रस्तावहरु सार्वजनिक गरिएको छ। विज्ञप्तीमा हाल ओलीले चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न सम्बद्ध सबैसँग आग्रहसमेत गरिएको छ।
प्रतिक्रिया