देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईसीसी विश्व कप लिग-२ : नेपाल, स्कटल्यान्ड र नामिबियाबीचकाे सिरिज स्पेनमा हुने

देशान्तर

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एक दिवसीय सिरिज स्पेनमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले सिरिज स्पेनमा हुने कुरा अगाडि बढेको जानकारी दिएका छन् । आईसीसीको आधिकारिक पत्र आउने बित्तिकै सिरिज पक्का हुने उनले बताए ।

जुलाईमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको हो । स्कटल्याण्डले स्पेनमा सिरिज गर्न पहल गरेको थियो । सिरिजका विषयमा स्पेनको लोकल गभर्मेन्टले पनि स्वीकृति दिइसकेको सचिव प्याकुरेलले बताए । ‘स्पेनमा सिरिज गर्नका लागि धेरै आन्तरिक कुरा सकिसकेको छ । हामी केही कुराको छलफल अझै गरिरहेका छौँ । सिरिज स्पेनमा हुने पक्का नै छ । तर, आईसीसीको आधिकारीक पत्र कुर्न बाँकी छ’, सचिव प्याकुरेलले सुनाए ।

लिगअन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । नेपाल ४ खेलबाट ४ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । ओमान १० खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलाबट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।