देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यो संरचनाबाट निष्पक्ष फैसला हुन्छ? पूर्वमहान्यायाधिवक्ता खरेल

देशान्तर

काठमाडौं – पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले संसद विघटनको मुद्दा सुनुवाइ भइरहेको संवैधानिक इजलासबाट स्वच्छ र निष्पक्ष फैसला हुने विश्वास नरहेको बताएका छन् ।

आइतबार संवैधानिक इजलासमा उनले न्यायाधीश दीपककुमार कार्की र डा। आनन्दमोहन भट्टराईमाथि प्रश्न उठाउँदै उनीहरुले इजलास छाड्नुपर्ने बताए । ‘ प्रश्न उठी उठी श्रीमानहरुले बसेर फैसला गर्नुपर्ने कुनै बाध्यता छैन’ उनले भने ।

संसद विघटन मुद्दा सुनुवाइका लागि यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, डा। आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको इजलास गठन गरिएको थियो ।

तर उक्त इजलासमा रहेका न्यायाधीश श्रेष्ठ नेकपा विभाजन र केसी उक्त मुद्दाको पुनरावलोकन अस्वीकार गर्ने इजलासमा रहेको भन्दै रिट निवेदक पक्षले प्रश्न उठाएका थिए ।

जेठ १८ गते न्यायाधीश केसी र श्रेष्ठले नेकपा विवाद र संसद विघटन अलग अलग मुद्दा रहेको भन्दै आफूहरुले संसद विघटनको मुद्दा हेर्न मिल्ने राय दिएका थिए । तर न्यायाधीश कार्की र भट्टराईले भने प्रश्न उठेपछि न्यायाधीश केसी र श्रेष्ठ बस्न नमिल्ने राय दिए र उनीहरु बस्ने भए आफूहरु उक्त इजलासमा नबस्ने बताए ।

वरिष्ठ अधिवक्तासमेत रहेका पूर्वमहान्यायाधिवक्ता खरेलले इजलासमा बस्ने कि नबस्ने भन्ने विषय सम्बन्धित न्यायाधीशको रोजाइ हुनुपर्ने बताए ।