देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगानिस्तानमा यात्रुबाहक गाडीमा गराइएको विष्फोटमा परी ११ जनाको मृत्यु

देशान्तर

काठमाडौं – उत्तरी अफगानिस्तानमा एउटा यात्रुबाहक गाडीमा गराइएको विष्फोटमा परी ११ जनाको मृत्यु भएको छ ।

स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार सडकमा गुडिरहेको गाडी धरापमा पर्दा विष्फोट भएको हो । अधिकारीहरुले उक्त विष्फोट चरमपन्थी संगठन तालिबानले गराएको दाबी गरेका छन् ।

अफगानिस्तानको उत्तरी प्रान्त बाड्गिसका गभर्नर हुसमुद्दिन साम्सले शनिबारको विष्फोटमा परी मृत्यु हुनेमा तीनजना बालबालिका रहेको जनाएका छन् । उनका अनुसार काला–ई–न शहरतर्फ जाँदै गर्दा उक्त विष्फोट गराइएको हो । अहिलेसम्म यो घटनाको कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन ।

तालिबानका नेता र संयुक्त राष्ट्रसंघका अधिकारीबीच शनिबार कतारमा भेटवार्ता हुनुभन्दा केही समयअघि अफगानिस्तानमा यो विष्फोट भएको हो ।

गत शुक्रबार सार्वजनिक भएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को एक प्रतिवेदनले अफगानिस्तानमा पछिल्लो समय तालिबानले न्यायाधीश, सरकारी कर्मचारी, सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई लक्षित गरी आक्रमण गर्दै आएको देखाएको छ ।

सन् २०२१ को सुरुवाती ३ महिनामा अफगानिस्तानमा करिब १८ सयको मृत्यु भएको थियो । अहिले अफगानिस्तान र तालिबानबीच शान्तिवार्ता जारी रहेको अवस्थामा तालिबानले आक्रमण बढाएको हो ।