काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले कात्तिक २६ र मंसीर ३ मा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुट्न नेता र कार्यकर्तालाइ निर्देशन दिएका छन् ।
विज्ञप्तिमार्फत उनले सुरक्षित तरिकाले निर्वाचनलक्षित घरदैलो, प्रचार–प्रसार जस्ता कार्यक्रमलाई निरन्तरता दिन भनेका छन् ।
‘पार्टीको विजय नै हाम्रो विजय हो भन्ने भावना आत्मसात् गरी निर्वाचनको तयारीमा लाग्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरूमा अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।
जेष्ठ २२ मा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचनको तयारीमा जाने निर्णय भएको अध्यक्ष डा। राउतले जनाएका छन् ।
प्रतिक्रिया