बुटवल – रुपन्देहीमा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ वर्षीय महेन्द्र यादवको धारिलो हतियारले हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतक यादवको शव घरभन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जमनकारी दिए ।
शंकास्पद अवस्थामा शव फेला परेको शवको भीम अस्पताल भैरहवामा पोष्टमार्टम गरी थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।
मृतक यादवको एक श्रीमती, २ छोरी र १ छोरा छन् । हत्याको कारण नखुलेको र घटनामा संलग्नको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया