देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुर्किना फासोमा बिद्रोहीको आक्रमणबाट १३२ को मृत्यु

देशान्तर

बुर्किना फासोको उत्तरी क्षेत्रस्थित एउटा गाउँमा शनिबार राति बिद्रोहीले गरेको आक्रमणबाट १३२ जनाको मृत्यु भएको छ ।

बुर्किना फासोमा यो पछिल्लो समयको नरसंहारको ठूलो घट्ना हो । सोल्हान गाउँमा राती भएको आक्रमणका क्रममा स्थानीयको घर तथा बजारमा समेत आगजनी गरिएको छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैनन् । पछिल्लो समय बुर्किना फासोमा इस्लामिक समूहले आक्रमण गर्दै आएका छन् । विशेष गरी सीमा क्षेत्रमा यस्ता आक्रमणका घट्ना बारम्बार हुँदै आएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटनाले आफूलाई आक्रोशित बनाएको बताएका छन् । उनले घटनाको गम्भीर निन्दा गरेका छन् ।

बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेका छन् । बुर्किना फासोले आफ्ना छिमेकी देशहरु माली, चाड, बुर्कीना फासोमा जस्तै सुरक्षा सङ्कटको सामना गरिरहेको छ ।