काठमाडौँ -अष्ट्रेलिया सरकारले नेपाललाई कोभिड–१९ माहामारी विरूद्ध अग्रपङ्क्तिमा कार्यरत ब्यक्तिलाई अत्यावस्यक पर्ने स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ।
अष्ट्रेलियाली वायु सेनाको विशेष विमानबाट शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याईएका सो सामाग्रीहरु नेपालका लागिअष्ट्रेलियली राजदूत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी श्री प्रभुराम शर्मा लाई हस्तान्तरण गरेकी छन्।
उक्त सामाग्रीहरु हस्तान्तरण गर्दै राजदूत वोल्कले दक्षिण एसियाका मित्रलाई सहयोग गर्ने अष्ट्रेलियाको क्षेत्रीय कार्य स्वरुप श्रीलंका, भारत र नेपालमा उक्त स्वास्थ्य सामाग्री ल्याईएको बताइन्।
उनले नेपाली सेनाले अग्रपङ्क्तिमा रहेर देशभर समुदायमा पुर्याएको महत्वपूर्ण स्वास्थ्य सेवाको सरहाना गर्दै यस कार्यलाई थप सहयोग गर्न अस्पताल, आईसोलेसन केन्द्रहरु र शव ब्यवस्थापन स्थलहरुमा प्रयोग गर्न उक्त सामाग्रीहरु प्रदान गरिएको बताइन्।
यो सहयोग नेपालमा कार्यरत गैह्रसरकारी संस्थाहरु मार्फत अस्पतालहरुका लागि अक्सिजन र स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीहरु लाई प्रदान गरिने तालीमाका लागि गत मे २१ मा घोषित ७० लाख अष्ट्रेलियाली डलर बाहेकको थप सहयोग हो।
अष्ट्रेलियाली सरकारले कोभ्याक्सको माध्यमबाट नेपाललाई कोभिड(१९ बिरुद्दको सुरक्षित र प्रभावकारी खोप ब्यवस्थापन गर्न सहयोग जारी रहेको छ।
प्रतिक्रिया