काठमाडौँ – नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई घिनलाग्दो अवस्थामा पुर्याएको टिप्पणी गरेकी छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै नेतृ डा. संग्रौलाले आफै असंबैधानिक रहेका र सर्बोच्च अदालतबाट संसद विघटन सम्बन्धित मुद्दाको फैसला नहुदै प्रधानमन्त्री ओलीले गरेको मन्त्रिमण्डल पुनर्गठनले राजनीति घिनलाग्दो अवस्थामा पुर्याएको बताएकी हुन् ।
उनले भनेकी छन्-
आफै संबैधानिक रहेका र सर्बोच्च अदालतबाट संसद विघटन सम्बन्धित मुद्दाको फैसला नहुदै प्रधानमन्त्री केपी ओलीले हिजो गरेको मन्त्रिमण्डल पुनर्गठनले नेपालको राजनीति घिनलाग्दो अबस्थामा पुगि यसले सम्पुर्ण स्वाभिमानी नेपालीको मनलाई लज्जित बनाउदै सरकारप्रति बितृस्णा र आक्रोशको ज्वाला पैदा गरेको छ । पद लोलुप्त, भस्मासुर प्रबृत्तिका अनुयायीका रुपमा रहेका प्रधानमन्त्री केपी ओली नैतिक, बैधानिक, सामाजिक रुपमै निर्बस्त्र भएर नृत्य प्रदर्शन गर्न लागे । अब सबै राजनीतिक पार्टीहरु र जनता एकत्रित भएर मुलुकको अखण्डता, सार्बभौमसत्ता, प्रजातान्त्रिक अधिकार र बिधिको सर्बोच्चताका लागि संघर्षको मैदानमा उत्रनु पर्ने स्थिती आएको छ ।
प्रतिक्रिया