काठमाडौ । महानगरीय प्रहरी परिसरले काठमाडौँको न्युरोडबाट १५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
निषेधाज्ञालाई अवज्ञा गरी आज शुक्रबार काठमाडौंको न्युरोडस्थित पुर्णलाल महर्जनको घरको छैठौं तलामा अजय श्रेष्ठले भाडामा लिएको कोठामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको हो ।
परिसरका अनुसार जुवा खेलि रहेको अवस्थामा फेला पारी पक्राउ गरी खालबाट नगद १३ लाख ४३ हजार रुपैयाँ, कौडा थान–३२ र तास–५ बुक समेत बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई वृत्त जनसेवा लगिएको र थप अनुसन्धान भईरहेको छ ।
पक्राउका क्रममा एक जना भाग्ने क्रममा घाईते भई उपचारको लागि त्रि.वि. अस्पताल महाराजगंजमा लगी उपचार भई रहेको उनको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया