देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर ६ हजार ६ सय ५३ संक्रमित थपिए, १०१ को मृत्यु

देशान्तर

काठमाडौँ– शुक्रबार देशभर १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ६ सय २४ पीसीआर र २ हजार २९ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो।

काठमाडौँ उपत्यकामा १ हजार ३ सय ८४ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँमा ८९७ , भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना संक्रमित थपिएका हुन्।

यसैगरी शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन्।

यसअघि बिहिबार ५ हजार ९ सय ४ जना डिसचार्ज भएका थिए भने बुधबार ७ हजार २ सय १९ जना डिस्चार्ज भएका थिए। गत चौबीस घन्टामा १४ हजार १ सय ८२ पीसीआर तथा ६ हजार ६ सय ३१ एन्टिजेन परीक्षण भएको छ।