देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आगामी कदमबारे छिट्टै निर्णय लिनुपर्छ : कांग्रेश

देशान्तर

काठमाडौँ — नेकपा एमाले को संस्थापन पक्षबाट निष्कासित झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पार्टी एक हुने सम्भावना कम हुँदै गएको भन्दै आगामी कदमबारे छिट्टै निर्णय लिनुपर्ने सुझाव दिएका छन् ।

बिहीबार भर्चुअल माध्यमबाट जारी खनाल–नेपाल पक्षको बैठकमा सुझाव राख्ने अधिकांश नेताहरुले यस्तो बताएका हुन् । एक नेताका अनुसार छलफलमा नेता नेपालले पछिल्लो राजनीतिक घटनाक्रम, संस्थापन पक्षका नेताहरुसँग भएको संवादबारे ब्रिफिङ गरेका थिए ।

ती नेताका अनुसार नेपालले अध्यक्ष केपी शर्मा ओली सच्चिने संकेत नदेखिएको र वार्ता, छलफलका नाममा फेरि झुक्याउन खोजेको कुरा दोहोर्‍याएका छन् । आफ्नो ब्रिफिङ सकेलगत्तै नेता नेपालले केन्द्रीय सदस्यहरुलाई आफ्ना राय, सुझाव राख्न भनेका थिए ।

यद्यपि अहिले सुझाव राख्ने क्रम जारी रहेको भन्दै ती नेताले भने, ‘अझै केही कमरेडहरु वार्ता, संवाद गरौं भनेर पनि सुझाव राख्नु भएको छ । तर पार्टी एक हुने सम्भावना कम देख्छु । अब नयाँ कदम चाल्नुपर्छ भन्ने धेरै साथीहरुको सुझाव छ ।’ उनका अनुसार बैठकलाई नेता खनालले पनि सम्बोधन गरेका थिए ।

बैठकमा संस्थापन पक्षका नेताहरुसँग वार्ता, संवाद गरेका घनश्याम भुुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईलगायत नेताहरू पनि सहभागी छन् ।