देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा नयाँ भेरियन्ट फेला नपरेको डब्ल्यूएचओको भनाइ

देशान्तर

काठमाडौं – विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।

डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’

बेलायती सञ्चारमध्यम डेलीमेलले नेपालमा नयाँ भेरियन्ट भेटिएको दाबी गरेको थियो । तर डब्ल्यूएचओले त्यसको खण्डन गरेको छ । हाल नेपालमा अल्फा ९बी.१.१.७०, डेल्टा ९बी.१.६१७.२० र कप्पा ९बी१.६१७.१० भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा ९बी.१.६१७.२० हो ।