काठमाडौं – दक्षिण एसियाली खेलकुद–सागका रजत पदक विजेता पूर्व बक्सर हरि केसीको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा उनको बिहीबार ज्यान गएको हो।
केसी नेपालमा सन १९९९ मा आयोजित ८ औँ दक्षिण एसियाली खेलकुदका रजत पदक विजेता हुन्। पुलिसको जागिर छाडेर मकाउ गएका केसी त्यहाँ १२ वर्ष बसेर ३ वर्षअघि स्वदेश फर्किएका थिए। त्यसयता उनी नेपालमै बसिरहेका थिए।
दाङ स्थायी घर भएका ४८ वर्षीय केसी २ छोरा,श्रीमतीसहित काठमाडौं बस्दै आएका थिए। कोरोना संक्रमणपछि केही दिन होम आइसोलेसनमा बसेका उनी स्वास्थ्य स्थिती खराब बनेपछि मेगा अस्पतालमा भर्ना भएका थिए। अक्सिजनको लेभल घटेपछि उनलाई मनमोहन अस्पताल पुर्याइएको थियो।
प्रतिक्रिया