देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुरे संरक्षणप्रति संवेदनशील रहेको वातावरण मन्त्रालयको स्पष्टोक्ति

देशान्तर

काठमाडौं – वन तथा वातावरण मन्त्रालयले चुरे संरक्षणमा मन्त्रालय संवेदनशील रहेको स्पष्ट पारेको छ ।

सरकारले चुरे क्षेत्रबाट ढुंगा, बालुवा र गिट्टी निकासीको विषय आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको विषयमा तीब्र विवाद भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै चुरे संरक्षणमा आफूहरु संवेदनशील रहेको स्पष्ट पारेको हो ।

मन्त्रालयका प्रवक्ता डा। बुद्धिसागर पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा चुरे, भावर, शिवालिक र नदी प्रणाली बाहेकका खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय अध्ययनको आधारमा उपयुक्त क्षेत्रमा खानी उत्खनन् गर्ने नेपाल सरकारको नीतिगत दृष्टिकोण रहेको भन्दै नीति, कानुन तथा मापदण्डको पूर्ण परिपालन गराउन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख छ ।

मन्त्रालयले खानी तथा भूगर्भ विभागसँग समेत समन्वय गरेर वातावरणीय प्रभाव नपर्ने ठाउँबाट मात्रै ढुंगा, गिटी र बालुवा उत्खनन् गरिने स्पष्ट पारेको छ ।