देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विषालु च्याउ खाँदा एकै परिवारको ६ जना बिरामी

देशान्तर

हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिका–९ खैराङमा विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्।

विषालु च्याउ खाँदा राक्सिराङ – ९ का अशोककुमार प्रजाको परिवार नै बिरामी परेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालको अनुसार विषालु च्याउ खाँदा बिरामी परेकाहरुमा अन्यको अवस्था सामान्य रहेको छ भने ४ वर्षीय प्रेम प्रजाको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको छ।

च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि डन्टारस्थित स्वास्थ्य चौकीमा उनीहरुको सामान्य उपचार गरिएको थियो।