काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका१३ स्थित कङ्काली स्कुल नजिक ढिस्को खसेर पुरिँदा आज दुईको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका८ घर भई हाल सोही नगरपालिका बस्ने वर्ष ३६ की सीता राई र मकवानपुर राङ्सिङ घर भई सोही ठाउँमा काम गर्ने वर्ष २० का टेकबहादुर चेपाङ छन् ।
घटनापश्चात प्रहरी वृत्त थानकोटबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू पठाएकामा उपचारको क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यहाँस्थित प्लटिङमा पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो ।
घाइते भएका अन्य दुई जनाको अवस्था सामान्य रहेको जनाइएको छ । शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ ।
प्रतिक्रिया