काठमाडौं – भक्तपुरको सुर्यविनायक नगरपालिकास्थित सिरुटारमा रहेको प्रहरी प्रभागलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । विश्वनाथ मिश्र स्मृति प्रतिष्ठान र बालकोट युवा समाजको संयुक्त आयोजनामा स्वास्थ्य सामग्री प्रदान गरिएको हो । प्रहरी प्रभागमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी प्रभागलाई ९ थान पीपीई, ९ थान फेससिल्ड, ९ डिब्बा सेनिटाइजर, मास्क र पञ्जा प्रदान गरिएको हो ।
यसैगरी कोशी मल्टिमिडियो प्रालीलाई ७ थान पीपीई, ७ थान फेससिल्ड, ७ डिब्बा सेनिटाइजर, मास्क र पञ्जा प्रदान गरिएको छ । सो कार्यक्रममा बालकोट युवा समाजका अध्यक्ष रवी राणा, प्रतिष्ठानका अध्यक्ष सुरज मिश्र, कोषाध्यक्ष उत्तम खत्री, सुर्यविनायक नगरपालिका २ का वडा सदस्य एवम् प्रतिष्ठानका सदस्य सुवासकुमार कार्की, नेपाली कांग्रेस १ नम्बर वडाका सभापति राजन थापा, प्रहरी प्रभाग बालकोटका प्रमुख प्रकाश बगाले, मिश्रका छोरा घननाथमिश्र लगायत प्रतिष्ठानका सदस्यहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया