भियतनाममा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट भेटिएको छ । भियतनाममा भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ म्युटेशन निकै खतरनाक रहेको र तीव्र गतिमा फैलिने भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले बताएका छन् । अहिलेसम्म कोरोना भाइरसका हजारौँ म्युटेशन भेरियन्ट पत्ता लागेका छन् । तर केही भेरियन्टहरु संक्रामक देखिएका छन् ।
‘भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ र यो भारत र बेलायतमा भेटिएको भेरियन्टको म्युटेशनबाट बनेको हो’, स्वास्थ्य मन्त्री थान लङ्गले भनेका छन् ।
भियतनाममा पछिल्ला केही हप्तादेखि संक्रमण बढ्दो क्रममा छ । नयाँ हाइब्रेड भेरियन्ट देखिएपछि संक्रमण झनै बढ्ने आंकलन गरिएको छ ।
प्रतिक्रिया