देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिद्धारा तीन वटा अध्यादेश जारी

देशान्तर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छन्।

शनिबार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा बमोजिमका अध्यादेशहरू जारी गरेको राष्ट्रपति कार्यालयमा सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।

उनका अनुसार आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी भएको हो।

शनिबार बिहान बसेको मन्त्री परिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७८र७९ को वार्षिक बजेट पारित गरेको छ। बैठकले वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको थियो।

प्रतिनिधि सभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि अर्थमन्त्रीले बजेट सार्वजनिक गर्नेछन्। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।