काठमाडौं – कोरोनाभाइरस महामारीविरुद्ध थाइल्यान्डका राजा महा भजिरालोङ्कर्नले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
थाइ एयर फोर्सको कार्यालयमा आयोजित समारोहमा राजाको तर्फबाट काउन्सिलर चिरायु इस्र्काङ्न ना आयुथायाले नेपाली राजदूत गणेशप्रसाद ढकाललाई सामग्री प्रदान गरे ।
प्रदान गरिएका ती स्वास्थ्य सामग्री लिएर थाइ एयर फोर्सको बिमान आइतबार काठमाण्डौं आउने तयारीमा छ ।
प्रतिक्रिया