काठमाडौं – नेपालमा झण्डै २१ लाख व्यक्तिले सवारी चालक अनुमति पत्र ९इलेक्ट्रोनिक स्मार्ट ड्राइभिङ लाइसेन्स प्राप्त गरेका छन् ।
आर्थिक सर्वेक्षण २०७७ प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्रालयले गत फागुन मसान्तसम्म २० लाख ८७ हजार ६८३ स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण गरिएको उल्लेख छ ।
२०७७ असारसम्म १८ लाख १३ हजार २९१ जनालाई वितरण गरिएकोमा त्यसपछिको ८ महिनामा २ लाख ७४ हजारलाई स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण गरिएको हो ।
प्रतिक्रिया