देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुटवलको कोभिड अस्पतालको आइसियूमा चुहियो पानी

देशान्तर

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले रामनगर स्थित धागो कारखानामा स्थापना गरेको कोरोना विशेष अस्थायी अस्पतालमा पानी चुहिन थालेको छ । तीन दिनदेखिको झरीका कारण आइसीयूकक्षमा पानी चुहिएको हो ।

आइसीयू कक्षमा पानी चुहिएर जलमग्न भएपछि नर्सहरूले बाल्टीमा उठाएर पानी फाल्ने गरेका छन् । पुराना भवनमा तयार गरिएको आइसीयूकक्षमा गत वर्ष पनि पानी चुहिएको थियो । एक नर्सका अनुसार यसपटक पानी धेरै चुहिएको र आइसीयू नै जलमग्न भएको छ ।

उनले भनिन्, ‘पानी चुहिएपछि बाल्टीले उठाउँदै फाल्दै बसेका छौँ । गत वर्ष पनि पानी पर्दा ममर्त गर्न भनिएको तर मर्मत नभएकाले बिरामीले समेत दुःख पाए । अहिले पनि उस्तै छ ।’ त्यहाँ अहिले १३ जना बिरामीले उपचार सेवा लि‍इरहेका छन् । कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. नन्दु पाठकले पुरानो भवन भएका कारण पानी चुहिएको बताए ।

भवन केही ठूलो भएका कारण बेड सारेर भए पनि अहिले काम चलाइएको उनको भनाइ छ । उनले पानी पर्न रोकिनासाथ व्यवस्थापन पक्षसँग कुरा गरेर मर्मत गरिने बताए । उनले भने, ‘धेरै पानी परेमा फलसिलिङ पनि झर्न सक्छ । अहिले नर्सले बाल्टीमा पानी उठाएर फालेका छन् ।’ उनले पानी रोकिने अवस्था नभएकोले विकल्पको खोजि गरिरहेको बताए ।