काठमाण्डौ – राष्ट्रियसभा सदस्यमा निर्वाचित डा। खिमलाल देवकोटाले आज शपथ ग्रहण गर्दै छन् । राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको वाग्मती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि यही जेठ ६ गते उपचुनाव भएको थियो ।
रिक्त रहेको ठाउँमा उपचुनावमा नेकपा एमालेले आधिकारिक उम्मेदवार थापालाई नै बनाएको थियो । तर कलम चिह्न लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका देवकोटा निर्वाचित भएका हुन्।
देवकोटालाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एमालेको खनाल–नेपाल समूहका जनप्रतिनिधिहरुले भोट हालेका थिए ।
दिउँसो १ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभाका सदस्यमा निर्वाचित देवकोटालाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो ।
प्रतिक्रिया