देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना छानविन प्रकरणले चीन र अमेरिकाको सम्बन्ध चिसियो

देशान्तर

कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर अमेरिका र चीनको सम्बन्ध फेरी चिसिएको छ ।
अमेरिकाले कोभिड १९ को उत्पत्तिबारे थप अनुसन्धान गर्ने जनाएपछि चिनले यसको विरोध गरेको हो ।

अमेरिका र बहुराष्ट्रिय प्रयासहरु राजनीतिक अभिष्ठबाट प्रेरित भएको आरोप लगाउँदै चीनले भाइरसको उत्पत्तिबारे आफै स्वतन्त्र छानविन गर्ने जनाएको हो ।
सन् २०१९ को अन्त्यमा चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसका संक्रमित भेटिएका थिए ।

अमेरिकाले चीनको एउटा प्रयोगशालाबाटै यो भाईरस चुहावट भएको र विश्वभर फैलिएको हुनसक्ने तर्क गर्दै आएको छ । तर चीनले भने यसलाई अस्विकार गरिरहेको छ ।

भाईरसको उत्पत्तिलाई लिएर चिनमाथि पुराना रिसीबीहरु साँध्ने काम भईरहेको उसको आरोप छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले भाईरसको उत्पत्तिबारे अमेरिकी जासुसी निकायले गरेको छानविनको प्रतिवेदन सार्वजनिक गर्ने तयारी भईरहेको बेला चीनले स्पष्ट भाषामा अमेरिकी प्रयासलाई निरर्थक बताएको हो ।