देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सगरमाथा क्षेत्रमा बाक्लो हिमपात, आरोही दोस्रो शिविरमा रोकिए

देशान्तर

सोलुखुम्बु – सगरमाथाको दोश्रो शिविरमा झण्डै एक सय जना पर्वतारोही तथा उनीहरूका सहयोगी रोकिएका छन् ।

हिमपातका कारण दोश्रो शिविर अर्थात् ६ हजार चार सय मिटरको उचाइमा उनीहरू रोकिएका पर्यटन विभागको आधार शिविर सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी दिए ।
आरोहणका लागि चौथो शिविरसम्म पुगेका आरोहीहरू मौसम खराब हुने सूचना आएसँगै फर्किएका र उनीहरू दोश्रो शिविरमा अड्किएका उनले बताए । मौसम खराबीका कारण उनीहरूको उद्धारका लागि हेलिकप्टर पनि जान सकेको छैन । अहिले आरोहीहरू सुरक्षित रहेकाले मौसम सुधार नभएसम्म सबैलाई यथास्थितिमा रहन आग्रह गरिएको उनले बताए ।

बङ्गालको खाडीमा सुरु भएको यास् नामको चक्रवातको प्रभावले अहिले हिमाली क्षेत्रमा हिमपात र हावाहुरी चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दोश्रो शिविरमा आइपुगेका आरोही र सहयोगीहरू मौसम अनुकूल हुने पर्खाइमा रहेका सम्पर्क अधिकृत गौतमले जानकारी दिए ।