काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक सङ्कट निम्त्याएको बताए ।
नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा जुमुमार्फत् आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक सङ्कट निम्त्याएको बताउनुभएको हो । राष्ट्रपति र प्रधानमन्त्रीको कदमले प्रजातन्त्रमा पनि खतरा आइपुगेको उनले बताए ।
आफूले प्रधानमन्त्रीका लागि बहुमतभन्दा बढी सदस्यको हस्ताक्षर गरेर बुझाएको भए पनि राष्ट्रपतिले प्रमाणित गर्ने प्रयाससमेत नगरिकन प्रतिनिधि सभा विघटन गरेको उल्लेख गरे ।
राष्ट्रपतिले प्रधानमन्त्रीले भन्नेबित्तिकै मान्न नहुने भन्दै सभापति देउवाले राष्ट्रपतिले पनि संविधानको ठाडो उल्लङ्घन गरेको बताए । प्रधानमन्त्री र राष्ट्रपतिका कदमविरुद्ध सर्वोच्च अदालत गएकाले अदालतले न्याय गर्नेमा उनले विश्वास व्यक्त गरेका छन ।
प्रतिक्रिया