देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डिसेम्बरसम्म भारतले ६० करोडलाई खोप लगाउने

देशान्तर

भारतले आउँदो डिसेम्बरसम्ममा ६० करोड मानिसलाई कोरोनाविरुद्धको दुवै खोप लगाइ सक्ने दाबी गरेको छ । आउँदो जुलाईसम्म खोपको अभाव अन्त्य हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतको जनसङ्ख्या धेरै भएकाले सबैलाई खोप लगाइसक्न समय धेरै लाग्ने भएको हो । खोपले पूर्णरुपमा काम गर्न थालेको अवस्थामा मानवीय क्षति कम गर्न भारतले तिव्र रुपमा खोप अभियान सञ्चालन गरेको हो ।

भारतमा अहिलेसम्म २० करोड डोज खोप लगाइएको बताइएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि सङ्क्रमण दरमा कमी आएको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार ५५३ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ८४२ जनाको कोरोनाबाट ज्यान गएको छ ।