देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिको निर्णय खारेज गर्न बार एशोसियसनको माग

देशान्तर

काठमाडौं –नेपाल बार एशोसियसनले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणालाई असंवैधानिक निर्णय भन्दै यसको अविलम्ब खारेजीको माग गरेको छ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणी पौडेलले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ ९५० बमोजिम सरकार गठनको प्रक्रिया पूरा नगरी प्रतिनिधिसभा विघटन भएको भन्दै यसले संविधान नै संकटमा परेको बताए ।
बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि विपक्षी गठबन्धनले गरेको दावीलाई अनदेखा गरी केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने कार्य बदनियतपूर्ण रहेको दावी बारको छ ।

बार अध्यक्ष श्रेष्ठ र महासचिव पौडेलले राष्ट्रपतिको निर्णय असंवैधानिक भएको दावी गरेका छन् ।