काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल सुरू गरेका छन् ।प्रतिनिधि सभाको भवनमा मंगलबार सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरिरहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
छलफलमा पूर्वसभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती मगर प्रत्यक्ष सहभागी रहेका छन् भने तारानाथ रानाभाट र दमननाथ ढुंगाना भर्चुलरुपमा बैठकमा सहभागी रहेका छन् । सभामुख सापकोटाले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछिको घटनाक्रमका बारेमा पूर्वसभामुखसँग छलफल गरिरहेको बुझिएको छ ।
यसअघि जेठ ७ गते प्रतिनिधि सभा विघटन भएपछि प्रतिनिधि सभाबाट वैकल्पिक सरकार बन्ने अवस्था बाँकी हुदै विघटन गरिएको भन्दै यो कदम असंबैधानिक भएको बताएका थिए ।
प्रतिक्रिया