देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिगामी ओली सरकारलाई बढार्दै कानुनको राज स्थापना गर्ने दायित्व आइपरेको छ : नेपाल

देशान्तर

काठमाडौँ – नेकपा एमाले केपी ओली समूहबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेक वरिष्ठ नेता माधव कुमार नेपालले कारबाहीलाई औचित्यहीन, अनाधिकारिक र अर्थहीन भएको प्रतिक्रिया दिएका छन् । 

कारबाहीको भोलिपल्ट एक अपील जारी गर्दै नेता नेपालले ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेको भन्दै उनीविरुद्ध प्रतिरोधमा उत्रिने अवस्था बनेको उल्लेख गरेका छन् । यस्तै उनले राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको पनि बताएका छन् ।

‘अब हामी माथि कानूनी,  राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ’, नेपालले भनेका छन्, ‘अब सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईं हामीलाई सुम्पेको छ । ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आमजनसमुदायमा हार्दिक अपील गर्दछु।’

ओली समूहले सोमबार नेपालसहित ११ नेतालाई पार्टी साधारण सदस्य समेत नरहनी गरी कारबाहीको घोषणा गरेको थियो ।