देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई वटा मेट्रो रेल ठक्कर खाँदा मलेसियामा २ सय भन्दा बढी घाइते

देशान्तर

मलोसियाको राजधानी क्वालालम्पुरमा मेट्रो रेल दुर्घटनामा करिब दुई सय जना घाइते भएका छन् ।

राजधानी क्वालालामपुरस्थित पट्रोनास ट्वीन टावर नजिकै भूमिगत सुरङमा दुई वटा मेट्रो लाइट रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

मर्मतका लागि रोकिएको रेलमा बिपरीत दिशाबाट आएको अर्को रेलले ठक्कर दिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । दुर्घटनामा विपरीत दिशाबाट आएको रेलमा सवार २१३ मध्ये अधिकांश घाइते भएको मलेसियाको प्रहरीले जनाएको छ ।

घटनामा ६६ जना गम्भीर घाइते भएका छन् भने १६६ जना सामान्य घाइते भएको बताइएको छ । मलेसियाका प्रहरी प्रमुख मोहम्मद जैनल अब्दुल्लाहले घटनाको छानविन जारी रहेको बताए ।

यातायात मन्त्रालयले पनि घटनाको छानविन गर्न उच्चस्तरिय समिति गठन गर्ने जनाएको छ । मेट्रो रेल सञ्चालनको सञ्चालनको २३ वर्षमा पहिलो पटक दुर्घटना भएको बताइएको छ ।