कपिलवस्तुमा गत बुधबार गोली लागेर घाइते भएका माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको निधन भएको छ । उनको उपचारका क्रममा काठमाडौंमा सोमबार मृत्यु भएको हो ।
कपिलबस्तुमा गोली लागेर घाइते भएका पाण्डेयलाई थप उपचारका लागि हेलिकप्टरमा सोमबार काठमाडौँ ल्याइएको थियो । उनको काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उनीमाथि गोली प्रहारमा संलग्न रहेको आरोपमा समाजवादी विद्यार्थी फोरमका लुम्बिनी प्रदेश अध्यक्ष ओम प्रकाश यादवसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया