काठमाण्डौ – नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठकमा बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।
उहाँले बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दाबीसहित सर्वोच्च अदालतमा दायर गर्ने भनिएको रिटमा हस्ताक्षर गर्ने सांसदलाई पनि स्पष्टीकरण सोधिने बताए ।
गएको ८ गते बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो ।
नेकपा एमालेको खनाल– नेपाल समूहका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएका छन् ।
प्रतिक्रिया