देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेस प्रचण्डपथमा लाग्यो : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा लागेको आरोप लगाएका छन् । बालुवाटारमा पत्रकारहरुसँग प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र त्यसको नेतृत्व जसरी पनि कब्जा गर्ने प्रचण्डपथको बाटोमा लागेको आरोप लगाएका हुन् ।

दैनिकजसो बालुवाटारमा कार्यक्रम गरेर अरु पार्टी, आफ्नै दलका माधव नेपालसमेतका नेता, पत्रकार र बुद्धिजिवीमाथि अनवरत प्रहार गर्ने क्रममा उाले भने, ‘कांग्रेस उत्तेजना, आक्रोश र कब्जाको शैलीका लागि प्रचण्डलाई गुरु थापेर हिडेको छ ।’ आफूलाई प्रजातन्त्रवादी भन्नेहरुको शैली देख्दा आफूलाई ताज्जुब लागेको भन्दै कांग्रेसका नेताहरुले केपी ओलीले गराएको निर्वाचनमा भाग नलिने भनेको सुन्दा आश्चर्य लागेको बताए । जनताबाट निर्वाचित सरकारले गराएको निर्वाचनमा भाग नलिने हो भने कस्तो प्रजातन्त्रको बाटोमा हिंड्दै छ कांग्रेस रु उनको प्रश्न थियो ।

आफू देशकै सबैभन्दा लोकप्रिय नेता रहेका दावी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संसदमा दुई तिहाईनजिक सांसदको समर्थनमा सरकार चलाउने मान्छे हुँ म । सबैभन्दा बढी पपुलर मतले चुनाव जित्ने मान्छे हुँ म । अनि मैले गराएको निर्वाचनमा भाग नलिने रु अनि के सडकबाट बनेको व्यक्तिले गराउने चुनाव रु’