काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ । गोकर्णेश्वर नगरपालिका-४ माईती नेपाल चोक डेरा गरी बस्ने सोलुखुम्बु सोताङ गाउँपालिका–४ घर भएकी ५२ वर्षीया डोमा शेर्पाको कुटपिटबाट गए राति मृत्यु भएको हो ।
डोमा र उनका पति ६३ वर्षीय क्षेत्र शेर्पाबीच वादविवाद हुँदा क्षेत्रले कुटपिट गर्दा डोमा घाइते भएकी थिइन् । महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि नारायणटारस्थित शखंरापुर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बौद्धबाट समेत खटिएको प्रहरीले आरोपी क्षेत्रलाई नियन्त्रणमा लिई सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया