मकवानपुर – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा आइतवार देखि अक्सिजन उत्पादन सुरु भएको छ ।
हेटौँडा उपमहानगरपालिकाले अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरेर आजदेखि उत्पादन पनि सुरु गरेको हो । मेयर हरिबहादुर महतले अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् ।
कोरोना सङ्क्रमित भएर अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि अक्सिजन दिनकै लागि समस्या भएपछि तत्काल प्लान्ट स्थापना गरेर उत्पादन सुरु गरिएको मेयर महतले बताए ।
अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन हुने बताइएके छ ।
उपमहानगरपालिकाको बिशेष पहलमा अक्सिजन प्लान्ट निर्माण भएपछी धेरै सहज भएको बताइएको छ ।
अस्पतालमा सधैँका लागि अक्सिजन प्लान्ट स्थापना भएपछि धेरै सहज भएको छ । अरु बेलामा पनि बिरामीलाई अक्सिजन खरिद गर्नुपर्ने बाध्यता केही कम भएको छ । उपमहानगरपालिकाले इटहरी र नुवाकोटबाट अक्सिजन ढुवानी गर्ने काम दिनहुँ गर्दै आएको छ ।
प्रतिक्रिया