देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

देशान्तर

काठमाडौं – बाँके, बुटवल र ताप्लेजुङमा गरी कोरोना संक्रमित थप १२ जनाको मृत्यु भएको छ।

बाँकेमा गएराति देखि आज विहानसम्म गरी ८ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ५ र नेपालगन्ज मेडिकल कलेजमा ३ जनाको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

भेरी अस्पतालमा मृत्यु हुनेहरुमा दाङका ९२ वर्षीय बृद्ध , बर्दियाका ३८ वर्षीय पुरुष, कैलालीका ६० र ३५ वर्षीय पुरुष र दाङकी ४५ वर्षीया महिला रहेका छन्। यस्तै नेपालगन्ज मेडिकल कलेजमा कैलालीकी ३३ वर्षीया महिला, ७५ वर्षीया बृद्धा र सल्यानका ५० वर्षीय पुरुषको मृत्यु भएको छ।

बुटवलमा कोरोनाका कारण थप दुई संक्रमितको मृत्यु भएको छ। धागो कारखानास्थित कोरोना विषेश अस्पतालमा आज बिहान एक महिला र एक पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए।

मृत्यु हुनेमा गुल्मीकी ६५ वर्षीय महिला र ४८ वर्षीय पुरुष रहेका छन्। यस्तै, ताप्लेजुङमा फुङलिङ नगरपालिका–४ की ६९ वर्षिया र सिरिजङ्घा गाउँपालिका–४ का ८० वर्षिया वृद्धाको पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।