बुटवल – प्यूठानमा घर बनाउन राखेको ढुंगा खसेर च्याप्दा एकै घरका तीन जनाको मृत्यु भएको छ।
नौबहिनी गाउँपालिका १ स्यालीवाङका बोमबहादुर मल्लको परिवारका तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ३८ बर्षिय बोम मल्ल, उनकी श्रीमती गमी मल्ल र साढे दुई वर्षका छोरा मेघराज मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताए ।
सुतिरहेको बेला राति ढुंगा खसेर गएराती तीनै जनाको घटनास्थलमै ज्यान गएको हो । चार जना छोरीहरुमध्ये जेठी छोरी मामाघर गएको र तीन छोरी अर्को कोठामा सुतेकाले दुर्घटनाबाट जोगिएका छन्।
प्रतिक्रिया