अफ्रिकी मुलुक कंगोमा ज्यालामुखी विस्फोट भएसँगै त्यहाँका सर्वसाधारण सुरक्षित स्थानतर्फ सरेका छन् ।
कंगोको मुख्य शहरबाट १० किलोमिटरको दूरीमा विस्फोट भएको ज्वालामुखीका कारण सर्वसाधारण घर छाडेर सुरक्षित स्थानतर्फ लागेको हो ।
नाराग्गो पहाडमा हरेक दिन रातको समयमा ज्वालामुखी विस्फोट हुँदा त्यस वरपरको क्षेत्र असुरक्षित रहेको भन्दै स्थानीय प्रशासनले सर्वसाधारणलाई बस्ती छोड्न आग्रह गरेपछी उनीहरु बस्ती छा्ड्न बाध्य भएका हुन् ।
ज्वालामुखी विस्फोटपछि पग्लिएको लाभा विमानस्थल नजिक पुग्न थालेका छन् । बिस्फोटका कारण हालसम्म मानवीय क्षति भने नभएको त्यहाँको सरकारले जनाएको छ ।
यसअघि सन् २००२ मा विस्फोट भएको ज्वालामुखीका कारण २५० भन्दा बढीको मृत्यु भएको थियो भने करिब एक लाख २० हजार घरबारबिहीन भएका थिए ।
प्रतिक्रिया