देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१४९ जना सांसद् अदालत जाउँ :थापा

देशान्तर

काठमाडौं – कांग्रेस केन्द्रीय सदस्य गगन थापालले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जानुपर्ने बताए ।

उनले १४९ जना सांसदको दाबीलाई संसदमा परीक्षण नगरिकन राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको बर्खिलाफ निर्णय गरेको भन्दै असन्तुष्टि प्रकट गरे ।

फेसबुकमा थापाले लेखेका छन् १४९ सांसदको ७६९५० बमोजिमको दाबीलाई संसदमा परीक्षण नै नगरी राप र प्रमले संविधानको बर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन ११ को सर्वोच्चकै फैसलाको अपमान हुन्छ ।

राजनीतिक लडाईसँगै १४९ जना सांसद आफूहरूको संवैधानिक हकका लागि अदालतमै उभिएर कानुनी लडाईं लड्न तयार रहनुपर्ने थापाको भनाइ छ ।