काठमाडौँ – प्रतिनिधिसभा विघटनको विषयमा सभामुख अग्निप्रसाद सापकोटा विभिन्न संविधानविद् र राजनीतिक नेतृत्वसँग छलफलमा रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेको विषयमा प्रतिनिधिसभाका सभामुख सापकोटा छलफलमा जुटेका हुन् ।
शनिबार बिहानैदेखि सभामुख राजनीतिक दलका नेतृत्वसँग र संविधान तथा कानुनका जानकारहरूसँग छलफलमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । ‘प्रतिनिधिसभा विघटनको विषयमा सभामुखज्यू बिहानैदेखि सघन परामर्शमा हुनुहुन्छ । उहाँले मुख्यगरी राजनीतिक दलका शीर्ष नेता र संविधानविद्हरू र कानुन व्यवसायीसँग छलफल गरिरहनुभएको छ,’ न्यौपानेले भने ।
राजनीतिक दलका नेता र संविधानविद्हरूसँग छलफल गरेपछि सभामुख सापकोटाले शनिबार नै प्रतिनिधिसभा विघटनाबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।
प्रतिक्रिया