काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले ओली–विद्याले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच रचेको बताएका छन् । भट्टराईले सामाजिक सञ्जाल दुईटरमा लख्दै मध्यावधी चुनाव गराउने नियत नभई विद्या ओलीकोले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच रचेको बताएका हुन् ।
‘भित्री र बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक र असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो, यो ओली–विद्या कुकर्म,’ भट्टराईल टुईटमा लेखेका छन्, “यो कुनै मध्यावधि चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो । एकजुट होऊँ प्रतिवाद गरौं ।”
उनले ओली–विद्याको यो कदमको प्रतिवाद गर्न आव्हान गरेका छन् ।
प्रतिक्रिया