देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कार्यकारिणी समितिको बैठक स्थगित भएको छैन : यादव

देशान्तर

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित नभएको बताए ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुसँगको छलफलपछि एक विज्ञप्ति जारी गरेर कार्यकारिणी समितिको बैठक कोरोनाका कारण स्थगित गरेका थिए । तर अध्यक्ष यादवले बैठक स्थगित नभएको र तोकिएको समयमा हुने विज्ञप्ति जारी गरेका छन् ।

अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा जेठ ८ र ९ गते तोकिएको स्थानमा कार्यकारिणी समितिको बैठक हुने उल्लेख गरिएको छ । जसपामा पछिल्लो समय सरकारमा जाने नजाने विषयमा विवाद चर्किएको छ ।