देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा फेरि बस्ने

देशान्तर

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ । कांग्रेससहित शुक्रबार देउवा निवासमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरूको बैठक बसेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । उक्त समय नजिकिँदै गर्दा विपक्षी गठबन्धनको बैठक कुनै निष्कर्षमा नपुगी सकिएको हो । तर, अर्को बैठक ३ बजे सिंहदरबारमा संयुक्त रूपमा बस्ने सहमति भएको जसपाका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको निर्क्योल गरेको उनले बताए । तर, राष्ट्रपतिले दिएको समयसीमाभित्र नयाँ सरकार गठनको विकल्प खोज्ने विषयमा भने एकमत रहेको राईको भनाइ छ । बैठकबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले कुनै निष्कर्षमा नपुगे पनि विभिन्न विकल्पमा छलफल भएको र केही बेरमै एउटा निर्णयमा पुग्ने प्रतिक्रिया दिए ।