काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदको बजेट अधिवेशन आह्वानको तयारी भइरहेको बताए ।
बिहीबार बसेको एमाले स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले आजै बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन सिफारिस गर्न सक्ने बताए ।
संवैधानिक व्यवस्था अनुसार बजेट पेस गर्ने मिति जेठ १५ आउन अब ९ दिन बाँकी छ । तर सरकारले संसदको बजेट अधिवेशन बोलाएको छैन ।
प्रतिनिधिसभा नियमावलीमा बजेट पेस हुनुभन्दा १५ दिनअघि नै प्रि(बजेट छलफल समाप्त भइसक्नुपर्ने भन्ने व्यवस्था छ ।
यो व्यवस्था अनुसार वैशाख मसान्तमै प्रि(बजेट छलफल सकिनुपर्थ्यो । तर सो समयमा संसद अधिवेशन नै आह्वान गरिएन ।
प्रतिक्रिया