देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री र शिक्षामन्त्रीलाई कारवाही गर्न कांग्रेसको माग

देशान्तर

काठमाडौं – निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाही गर्न माग गरेको छ ।

कांग्रेस संसदीय दलले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले सार्वजनिक अपिलमार्फत आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु निर्वाचन आचारसंहिताविपरीत रहेकोले कानून बमोजिम कारवाही गर्न माग गरेको हो ।

कांग्रेस संसदीय दलका तर्फबाट निर्वाचन आयोगलाई औपचारिक पत्र लेखेर निर्वाचन आयोग आचार संहिता, २०७२ को दफा ५ घ ९३०, ९५० र ९६० विपरीत कार्य गर्ने जोकोहीलाई कारवाही गर्न माग गरिएको हो