युभेन्टसले इटालियन कोपा इटालियाको उपाधि जितेको छ ।
बुधबार राति भएको फाइनल खेलमा एट्लान्टामाथि २–१ गोलको जित दर्ता गर्दै युभेन्टसले उपाधि उचालेको हो ।
खेलमा अग्रता युभेन्ट्सले ३१ औं मिनेटमा देजान कुलुसेवस्कीको गोलमा लिएको थियो । रुस्लान मालिनोवस्कीले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७३ औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै युभेन्ट्सलाई उपाधि दिलाएका हुन् ।
खेल सकिन दुई मिनेट अघि टालोई रातो कार्ड खादै मैदान बाहिरिएपछि एटलान्टा १० खेलाडीमा सिमित बनेको थियो । युभेन्ट्सले कोपा ईटालियाको उपाधि १४ औं पटक उचालेको हो । उसले सन् १९६३ पछि पहिलो पटक यो उपाधि हात पारेको हो। प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्ट्सले पहिलो उपाधि हात पारेको हो ।
प्रतियोगिता करिब साढे ४ हजार दर्शक समक्ष खेलाईएको थियो । ईटालीमा पहिलो पटक दर्शक सहित ठुलो फुटबल प्रतियोगिता खेलाईएको हो ।
प्रतिक्रिया