यस वर्षको फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ ।
बुधबार राति भएको फाइनल खेलमा मोनाकोमाथि २–० को जित निकाल्दै पिएसजीले उपाधि उचालेको हो ।
पिएसजीको यो उपाधि पछिल्लो सात वर्षको छैटौं उपाधि हो ।
खेलमा पिएसजीलाई विजयी गराउन अर्जेन्टाइनी खेलाडी मौरो इकार्दी र फ्रान्सका किलियन एम्बाप्पेले एक एक गोल गरे ।
फ्रेन्च कपको उपाधिसँगै पिएसजीको ध्यान अब फ्रेन्च लिग वानको उपाधितर्फ मोडिएको छ ।
जारी सिजनको फ्रेन्च लिगमा पिएसजी अहिले दोस्रो स्थानमा रहेको छ ।
लिगमा चार चरणका खेलहरु बाँकी हुँदा पिएसजी शिर्ष स्थानको लिलभन्दा १ अंकले पछाडि छ ।
प्रतिक्रिया