देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने विपक्षी दलको निर्णय

देशान्तर

बुटवल – लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् ।

बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो ।

प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी दलहरुको दावी छ ।